बाहिरी देश जानका लागि इटहरीको केआईइसी भरपर्दाे कन्सल्टेन्सी बन्दै

दिप खबर
अशोज १२, २०७८

इटहरीमा काठमाडौं इन्फोसिस इजुकेसन कन्सल्टेसी (केआइइसी) को शाखा सञ्चालनमा आएको छ । वैदेशिक अध्ययनका लागि आवश्यक डकुमेन्टेसन लगायतका काम गर्न काठमाडौं गइरहनुपर्ने झण्झटको अन्त गर्ने उद्देश्यले शाखा सञ्चालनमा ल्याइएको हो ।

मगलबार पत्रकार सम्मेलनमा बौल्दै केआइइसीका संस्थापक तथा सिइओ राजेन्द्र रिजालले बेलायत, अस्टेलिया, न्यूजिल्यान्ड जस्ता देशहरुमा काम गरेको डेढ दशक पुगेको र अमेरिका आयरल्यान्ड, जापान लगायतका मुलुकका शिक्षालयहरुमा पनि विद्यार्थी अध्ययन गराउन सफल परामर्शदाता रहेको दाबी गरे । त्यसैगरी केआइइसीले भाषा कक्षा, परिक्षा तयारी, शैक्षिक गोष्ठी, कार्यशाला र विभिन्न प्रस्तुतिहरुमा समेत सफल उपस्थिती जनाइसकेको रिजालले जानकारी दिए । नेपालमा १० ओटा शाखा खोलेको बताउँदै प्रदेश १ मा इटहरी, विर्तामोड र विराटनगरमा रहेको उनले बताए ।

केआइइसीले इटहरी तथा आसपासका विद्यार्थीहरुलाई विश्वका विभिन्न देशमा रहेका कलेजहरुमा अध्ययन गर्न जान सहज बनाउन परामर्श सेवा सञ्चालन सहित भाषा कक्षा, परिक्षा तयारी कक्षा सञ्चालनमा ल्याएको इटहरी शाखाका उमेश भण्डारीले जानकारी दिए । उनले अब एक पुस्तकालय पनि स्थापना गर्ने गरी काम भईरहेको बताए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP