नेविसंघ सुनसरीको कार्यबाहक अध्यक्षमा लिम्बु

दिप खबर
अशोज १२, २०७८

नेपाली काङ्ग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) सुनसरीको कार्यवाहक सभापतिमा बुद्वहाङ्ग लिम्बू चयन भएका छन् ।
नेविसंघ सुनसरीका सभापति मन्दिप भट्टराईले आफ्नो विविध कारण देखाउँदै लिम्बूलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् ।

वर्तमान बरिष्ठ उपसभापति रहेका लिम्बू इटहरी ५ निवासी हुन् । लिम्बूलाई नेविसंघको विधान २०२७ (सातौँ संशोधन २०७५) बमोजिम जिम्मेवारी दिइएको हो । उनी केही समययता विद्यार्थी राजनीतिमा सक्रिय छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP