प्रेस युनियन सुनसरीद्धारा दुर्घटना वापतको रकम पत्रकारलाई हस्तान्तरण

दिप खबर
अशोज ११, २०७८

नेपाल प्रेस युनियन सुनसरीले दुर्घटना बापतको रकम हस्तान्तरण गरेको छ । धरान स्थित विजयपुर एफ.एम मा कार्यरत पत्रकार रमेश राई साङगेनलाई दुर्घटना वापतको पैँतिस हजार ५ सय रुपैँया आज हस्तान्तरण गरिएको हो ।
सुनसरीका अग्रज पत्रकार गिरिराज आर्चाय र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले संयुक्त रुपमा विमा बापतको रुपैँया हस्तान्तरण गरेका हुन् ।
नेपाल प्रेस युनियनले प्रदेश १ का १४ वटै जिल्लाका युनियनका अध्यक्ष सहित सुनसरीका ३ सय सञ्चारकर्मी गरी कुल ३ सय १४ जनाको दुर्घटना बीमा गरेको थियो । सोही अनुसार केही समय अघि दुर्घटनामा परेका पत्रकार राईको उपचारमा लागेको खर्च वापतको रकम हस्तान्तरण गरिएको हो ।
उपचारमा लागेको खर्चका विल अनुसार युनियनको खातामा प्राप्त रकम हस्तान्तरण गरिएको नेपाल प्रेस युनिययनका जिल्ला अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।
केही समय अघि इटहरीका पत्रकार विराट गौतम(अनुपम)लाई पनि दुर्घटना बीमाकै सत्तरी हजार रुपैँया हस्तान्तरण गरिएको थियो ।
रकम हस्तान्तरण पछि अग्रज पत्रकार गिरिराज आचार्यले नेपाल प्रेस युनियनले पत्रकारको हतहितका लागि आवाज उठाउने मात्र नभई वस्तुगत ढंगले कल्याण र सुरक्षाको क्षेत्रमा पनि काम गरेको बताए । ‘कोरोना महामारीमा कोरोना बीमा कार्यक्रम र यो दुर्घटना बीमा कार्यक्रम पत्रकारको कल्याणकारी र जिवन सुरक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान हो ।’ आचार्यले भने ‘यस्ता कार्यले संस्थागत सुरक्षाको प्रत्याभुति हुँदै जानेछ ।’
यस्तै नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राईले दुर्घटना बीमाको रमकले अप्ठ्यारोमा परेका पत्रकारलाई राहत पुगेको बताउनुभयो । युनियन सुनसरीले गरेका रचनात्मक कार्यले महासंघ सुनसरीलाई पनि काम गर्न रचनात्मक दबाव पुगेको अध्यक्ष राईले बताए ।
रकम हस्तान्तरण कार्यक्रममा प्रतिक्रिया दिँदै विजयपुर एम.एमकी निर्देशक हिमाल राईले पत्रकारहरुको सुरक्षाका लागि गरिएको दुर्घटना बीमा कार्याक्रम निकै राम्रो रहेको बताए । यस्ता कार्यक्रमले पत्रकारहरु आफ्नो कार्यक्षेत्रमा खटिएर काम गर्न अझै उत्प्रेरित गर्ने बताए ।
नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले पत्रकारको पेशागत र जिवन सुरक्षाका लागि अन्य रचनात्मक कार्यक्रम गर्ने योजना रहेको बताए ।
कोरोना संक्रमणबाट संक्रमित भई निको हुने पत्रकारहरुको कोरोना बीमा वापतको रकम प्राप्त भएकाले केही समयमा वितरण गरिने पनि जानकारी दिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP