नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट विजयी बनेका इटहरी उपमहानगर भित्रका निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण गरिएको छ ।
आज (सोमबार) एक कार्यक्रम गरी उनीहरुलाई प्रमाणपत्र दिइएको हो । इटहरी काँग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा सभापतिमा हेमकर्ण पौडेल निर्वाचित भएका थिए । त्यसै गरी नगर समितिको उपसभापतिमा कोविदजंग कार्की, बालकृष्ण विष्ट, सचिवमा विक्रम घिमिरे, मन्दिप भट्टराई , सहसचिवमा मेनुका गिरी र इश्वर तामाङ निर्वाचित हुनु भएको थियो । ३१ सदस्य कार्यसमितिमा सभापति पौडेल प्यानलका धेरै चयन भएका छन् । सस्थापन पक्षबाट विकास केसी र सँस्थापन इतर पक्षबाट हेमकर्ण पौडेल नेतृत्वको प्यानल इटहरीको नगरकार्य समितिको निर्वाचनमा प्रतिस्पर्धा गरेका थियो । कुल ४ सय ८३ जना मतदाता रहेकोमा ४ सय ८२ जनाले मतदान गरेकामा सभापतिमा निर्वाचित पौडेले २ सय ५३ मत र प्रतिद्धन्दी केसीले २ सय ११ मत पाएका थिए।
प्रमाणपत्र वितरण कार्यक्रममा नेपाली काँग्रेस सुनसरीका सभापति तथा प्रदेश नम्बर १ विपक्षी दलका नेता राजिव कोइराला, नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष राजिव ढुङ्गाना लगायतका कांग्रेस नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP