जिल्ला प्रहरी कार्यालय सुनसरीले भारतबाट भन्सार छली नेपाल भित्राइएको १६० बोरा चिनी बरामद गरेको छ । विशेष सूचनाको आधारमा कोशी गाउँपालिका १ भित्री सडक अन्तर्गत को १ ख ५२१५ नम्बरको मिनी ट्रकमा लोड गर्दै गरेको अवस्थामा उक्त चिनी बरामद गरेको हो । बरामद गरेको चिनी सहित ट्रकलाई भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा पठाइएको प्रहरीले जानकारी दिएको छ । ट्रक चालक सिन्धुली कमलामाई नगरपालिका ४ बस्ने ४८ वर्षीय विरोध लामिछाने रहेका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP