नेपाली काङ्ग्रेस १४ औँ महाधिवेशन : प्रदेश १ का दुई उपमहानगरमा संस्थान पक्ष पराजित

दिप खबर
अशोज १०, २०७८

नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा प्रदेश १ का दुई उपमहानगरपालिकाको नगर अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार पराजित भएका छन् । सुनसरीको इटहरीमा हेमकर्ण पौडेल र धरानमा श्याम पोखरेल निर्वाचित भएका हुन् ।

आइतबार बिहान सम्पन्न मत गणनाअनुसार इटहरी नगर सभापतिमा पौडेल तेस्रो पटक निर्वाचित भएका छन् । कुल ४८२ मत मध्ये पौडेलले देउवा पक्षका उमेद्धार विकास केसीलाई ४२ मतले पराजित गरेका थिए । पौडेलले २५३ मत प्राप्त गरेका हुन् भने केसीले २११ मत प्राप्त गरे । यसअघि १२ औँ महाधिवेशनमा पौडेल सर्व सहमत सभापति भएका थिए । १३ औँ महाधिवेशनमा पनि केसी पौडेलसँगै पराजित भएका थिए ।

इटहरी नगर समितिको दुई उपसभापति कोविद कार्की पौडेल पक्षबाट विजयी भए भने र बालकृष्ण विष्ट देउवा पक्षबाट विजयी बने। नगर सचिवमा केसी प्यानलका मन्दिप भट्टराई र हेमकर्ण प्यानलका विक्रम घिमिरे निर्वाचित भए । त्यस्तै सहसचिवमा पौडेल प्यानलका ईश्वर तामाङ र विकास प्यानलका मेनुका गिरी निर्वाचित भएका छन् । इटहरी नगर समितिका ३१ पदका लागि ६७ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए ।

त्यस्तै सुनसरीकै धरान उपमहानगरमा पनि वरिष्ठ नेता रामचन्द्र पौडे पक्षका उमेद्धार विजयी भएका छन् । नगर सभापतिमा एन्फाका वरिष्ठ केन्द्रीय उपाध्यक्षसमेत रहेका देउवा पक्षका उम्मेद्धवार किशोर राईलाई हराउँदै पौडेल पक्षका श्याम पोख्रेलको प्यानलै विजयी भएको छ । पौडेल समूहका पोखरेलले ३९ मतले किशोर राईलाई पराजित गरेका छन् । पोखरेलले २६२ र राईले २२३ मत प्राप्त गरेका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP