नेकपा माओवादी केन्द्रका इटहरी उपमहानगर इञ्चार्जमा युवा नेता मदन चुडाल चयन भएका छन् । जिल्ला पार्टी कार्यालयले उनलाई इञ्चार्जको जिम्मेवारी दिएको हो।
अखिल क्रा न्तिकारीका केन्द्रीय पूर्वउपाध्यक्ष चुडाल सुनसरी जिल्ला कमिटी सदस्यसहित युवा विभागको जिम्मेवारीमा पनि छन्।
पार्टीले दिएको जिम्मेवारीलाई बलियो र दरिलो हिसाबले दर्विलो संगठन निर्माणमा आफ्नो भूमिका हुने चुडालले बताए । पार्टीलाई आगामी चुनावमा बलियो उपस्थितिसहित जिताउनुपर्ने चुनौति छ, त्यसलाई कुशल अवसर बनाउने प्रयत्न रहने उनले बताए ।
युवाहरूले पाएको जिम्मेवारीलाई पद मात्र नभनी संगठनात्मक सुधार र परिचालनका निम्ति अवसरका रुपमा लिनुपर्ने चुडालको भनाई छ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP