नेपाली काङ्ग्रेस इटहरी सभापतिमा पुन: पौडेल

दिप खबर
अशोज १०, २०७८


नेपाली काँग्रेस इटहरीमा नगर सभापतिमा हेमकर्ण पौडेल विजयी भएका छन । १४ औं महाधिबेशनमा विकास केसीलाई ४२ मत अन्तरले पराजित गर्दै पौडेल फेरि इटहरी काँग्रेसको सभापति भएका हुन ।

४८२ मतदाता मध्ये हेमकर्ण पौडेल २५३ मत पाए भने विकास केसी २११ मत पाए। यता उपाध्यक्षमा हेमकर्ण पक्षका कोबिद कार्की र बिकास प्यानलका बालकृष्ण बिष्ट विजयी भए । सचिवमा बिकास प्यानलको मन्दिप भट्टराई र हेमकर्ण प्यानलका बिक्रम घिमिरे निर्वाचित भए ।त्यस्तै सह सचिबमा हेमकर्ण पौडेल प्यानलका इश्वर तामाङ र बिकास प्यानलका मेनुका गिरी निर्वाचित भईन् । पौडेलले १२ औं महाधिबेशनमा सर्वसहमत सभापति भएका थिए । यस अघि १३ औ महाधिवेशनमा पनि केसीलाई पराजित गरेका थिए ।
यस्तै धरानमा श्याम पोखरेलको प्यानल नै विजयी बनेका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP