नेपाली काङ्ग्रेस वराहक्षेत्रको सभापतिमा रमेश कार्की बिजयी भएका छन् । १४ औँ महाधिवेशन अन्तर्गत शनिवार सम्पन्न नगर अधिवेशनमा २ सय २६ मत खसेकोमा रमेश कार्कीले १ सय १३ मत प्राप्त गरेर सभापतिमा बिजयी भएका हुन् । सभापति पदमा निकटतम प्रतिस्पर्धी नारायण नेपालले ६१, रत्नबहादुर राउतले ४४ मत प्राप्त गरेका थिए ।
२ उप सभापतिका लागि भएको निर्वाचनमा युवराज श्रेष्ठ र जितबहादुर कार्की कान्टिन बिजयी भएका छन् । श्रेष्ठले ९७ र कान्टिन ९३ मत प्राप्त गरी बिजयी भएका हुन् ।
प्रतिस्पर्धी चित्रबहादुर राई ८३, महेन्द्रप्रसाद मेहता ७७ र प्रसिद्ध प्रसाईं जोन को पक्षमा ३५ मत खसेको थियो ।
सचिवमा प्रतीक राई र हरिकृष्ण भट्टराई बिजयी भएका छन् । राईको पक्षमा १ सय ४२ र भट्टराईले ९५ मत प्राप्त गरे । प्रतिस्पर्धी रोनि बिष्ट ६० , तिर्थराज भट्टराई ५५ र अबिराम थापा अनिल ४४ मत मात्र प्राप्त गरेका थिए ।
सह सचिवमा दिवाबसिह राई र संन्तोष भण्डारी बिजयी भएका छन् । राईले १ सय ४३ र भण्डारीले ९५ मत प्राप्त गरेका थिए । निकटतम प्रतिस्पर्धी महेन्द्र कार्की ८९ र युवराज भट्टराई ७७ मत प्राप्त गरेका थिए ।
निर्वाचन समितिका संयोजक गोकुल गुरागाईका अनुसार पधाधिकारी बाहेक अन्य नगर सदस्य निर्बिरोध निर्वाचित भएका छन् । प्रत्यक्ष तर्फबाट समान रुपमा प्रत्येक वडामा १ महिला सहित ३ जना गरेर ३३ जना र समानुपातिक रुपमा २२ जना नगर सदस्यहरु निर्वाचित भएका छन् । निर्बाचित पदाधिकारी र सदस्यहरुलाई आगमि शनिवार प्रमाणपत्र प्रदान गर्ने निर्बाचन समितिका संयोजक गुरागाईले बताए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP