सुनसरीको धरान उपमहानगरले आईतबारदेखि विद्यालय खुलाउने निर्णय भएको छ ।
शुक्रबार(आज) मेयर तिलक राईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले स्वास्थ्य प्रोटोकलको पूर्ण रुपमा पालना गर्दै भौतिक रुपमा विद्यालयहरु खुलाउने निर्णय गरेको हो ।
गएको भदौ ३१ गते बसेको कार्यपालिकाको बैठकले धरान क्षेत्रका विद्यालयहरु भौतिक रुपमा दशै तिहारपछि मात्र सञ्चालन गर्ने निर्णय गरेको थियो ।
पछिल्लो समय धरानमा कोरोना भाईरसको संक्रमण दिनप्रतिदिन घट्दै गएको तथ्यलाई मध्यनजर गर्दै विभिन्न आज बसेको कार्यपालिकाको बैठकले असोज १० गतेदेखि भौतिक उपस्थितिमै विद्यालय खुलाउने निर्णय भएको जनाइएको छ ।
उपमहानगरपालिकामा वडाका वडाध्यक्षहरु र अभिभावकहरुले समेत विद्यालय खुलाउन अनुरोध गरेपछि उक्त निर्णय गरिएको बताइएको छ ।
यस्तै, दशै तिहारको समयमा लामो अवधिसम्म विद्यालयहरु बन्द नगर्न समेत अनुरोध गर्ने निर्णय भएको छ भने सम्बन्धित वडाहरुबाट र धरान उपमहानगरपालिकाले अनुगमन गर्ने समेत निर्णय भएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP