सुनसरीको दुहबीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
दुहबी नगरपालिका–२ मैनावती स्टिल उधोग स्थित बिहिबार (आज) बिहान बसको ठक्करबाट बुढीगंगा ७ का अन्दाजी ५० वर्षीय आशाराम माझीको मृत्यु भएको हो ।
ईटहरी देखि बिराटनगर जादै गरेको मे १ ख २७४८ नंम्बरको बसले बाटो क्रश गर्न लागेको को ३४ प ९०६७ नंको मोटरसाइकल लाई बसले ठक्कर दिँदा चालक माझी गम्भीर घाइते भएका थिए ।
गम्भिर घाइते मोटरसाइकल चालक माझीको उपचार गर्ने क्रममा बिराटनगर स्थित रहेको न्युरो अस्पतालमा पुर्याउंदा डाक्टरले मृत घोषणा गरेको ट्राफिक कार्यालय दुहबीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP