इटहरीका महिलाहरुले मेयर द्वारिकालाल चौधरीको कार्यकक्षमा तालाबन्दी गरेका छन् । मेयरले महिला सेवाग्राहीलाई अपशब्द बोलेको भन्दै विरोधमा उत्रिएका उनीहरुले उपमहानगरपालिका गेट अगाडी नाराबाजीसमेत गरेका छन् ।
बुधबार दिउँसो उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाउँदै कार्यालय अगाडी संयुक्त विरोध कार्यक्रमको ब्यानर टाँगेकोमा प्रहरीले ब्यानर निकालिदिएपछि महिलाहरु झन् आक्रोशित बनेका हुन् । उनीहरुले चौधरीलाई कारवाही गर्न माग गर्दै नगरे चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।
गत बुधवार दिउँसो कार्यालय पुगेका सीता शेर्पा राई र सर्मिला भट्टराईलाई सेवा सिफारिसमा तोक लगाउने क्रममा महिलाहरुकै अपमान हुने गरी जथाभावी अपशब्द बोलेर दुव्र्यवहार गरेको बताइएको छ । सो क्रममा मेयर चौधरीले नगर प्रहरीसमेत लगाउने धम्की दिइ दुर्ब्यबहार गरि धम्काएको भन्दै दर्जन बढी महिला अधिकारवादी संस्थाहरुले विरोध जनाएका थिए ।
स्थानीय तहको नेतृत्व लिइरहेका प्रमुख जिम्मेवार व्यक्तिबाट नै महिलाहरुलाई दुव्र्यवहार भएको भन्दै विभिन्न संघसंस्थाहरुले विरोध जनाएका हुन् । उनीहरुले बुधबार शान्ती सुरक्षा कायम गर्न, महिला हिंसा बन्द गर्न माग गर्दै नाराबाजी गरेका हुन् । मेयर चौधरीले सार्वजनिक स्थानमा माफि नमागेसम्म आन्दोलन नरोकिने बताएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP