तेह्रथुमको एक सामुदायिक विद्यालयलाई पुर्व अध्ययनरत विद्यार्थीहरूले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । जिल्लाको लालीगुराँस नगरपालिका ५ मा रहेको कालिका माध्यमिक विद्यालयलाई २०६६ सालमा एसएलसी दिएका विद्यार्थीहरूले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
कोरोना भाईरसकका कारण बन्द रहेका विद्यालय गत असोज ४ गतेबाट खोलेपछि बालबालिका बढी जोखिममा रहने भएकाले विभिन्न क्षेत्रमा कार्यरत ६६ सालको एसएलसी ब्याचले मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको पुर्व विद्यार्थी कुलबहादुर कार्कीले जानकारी दिए ।
उनले विद्यालयमा मात्र नभई स्वास्थ्य चौकी, वडा कार्यालयलाई समेत उक्त सामग्री वितरण गरिएको बताए । लामो समय देखि विभिन्न स्थानमा छरिएर रहेका साथी मिलेर आफुँले क ख सिकेको विद्यालय, आफ्नो पुरानो गाउँमा भएका कार्यालयलाई सहयोग गर्ने सल्लाह बमोजिम उक्त सामग्री दिएको उनीहरूको भनाई छ । आगामी दिनमा पनि यस्ता कार्य गर्दै जाने उनीहरूको भनाई छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP