रामधुनी : नेपाली काँग्रेस रामधुनीका युवा नेता सुदीप अधिकारीले आफ्नो प्यानलको उम्मेदवारी घोषणा गरेका छन् । आज (मङ्गलवार) रामधुनी ५ मा रहेको कल्पवृक्ष पार्टी प्यालेसमा एक कार्यक्रम गरी काँग्रेस नगर सभापतिमा सुदिप अधिकारी सहित उनको प्यानलले उम्मेदवारी घोषणा गरेका हुन् ।
उपसभापति आशा चौधरी र सचिवमा महेश चौधरी र देस्तीराम चौधरी सह–सचिव आधिकारिक उम्मेदवार घोषित भएका हुन् ।
कोषाध्यक्षमा भने नगरबाट चुनिएर आएका मधेसी, मुस्लिम तथा थारु प्रतिनिधि मध्येबाट एक जनालाई मानोनित गरिने अधिकारीले जानकारी दिए ।
कोषाध्यक्ष र कार्यसमिति सदस्यहरू वडाबाटै प्रतिनिधित्व गरी आउने नेपाली काँग्रेसको विधान रहेको छ । काँग्रेसको निर्वाचन कार्यपालिका अनुसार नगरपालिका तहको चुनाव असोज ९ गते हुँदै छ ।
सभापतिका आधिकारिक उम्मेदवार घोषित सुदिप अधिकारीले भूगोल समावेश जात जाती समावेशी, जुझारु, र ऊर्जावान् सबै समूहको व्याती आफ्नो टिम भएकाले जित सुनिश्चित रहेका बताए ।
कम्युनिस्टको कब्जामा रहेको रामधुनीका धेरै बडामा काँग्रेसमय बनाइ स्थानीय तहको निर्वाचनमा सबै बडामा जित सुनिश्चित हुने गरी सबैलाई समेटेर काम गर्ने गरीको टिम निमार्ण गरी आफ्नो पुनः उम्मेदवारी घोषणा गरेको गरेको ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP