सलकपुरकी रोजिना गिरीको आत्महत्या नभई हत्या भएको भन्दै आफन्त र स्थानीयद्वारा इलाका प्रहरी कार्यालय बेलबारी अगाडी आज (मङ्गलवार) प्रदर्शन गरेका छन् ।
प्रदर्शनका कारण केही समय पूर्वपश्चिम लोृकमार्ग अवरुद्ध भएको थियो । प्रहरीले सो भिडलाई हटाएपछि सडक सुचारु भएको छ ।
रोजिनाको हत्या भएको भन्दै हत्यारालाई पक्राउ गरी कारबाहीको माग सहित उनीहरूले प्रदर्शन गरेका हुन् । सुन्दरहरैँचा वडा नं ८ सलकपुरमा आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी रोजीना गिरीको आत्महत्या नभई हत्या भएको आफन्तले आरोप लाएका छन् ।
गिरीको आफ्नै कोठामा घोप्टो पारेको अवस्थामा सब फेला परेको थियो । उनको खुट्टा,पेट र अनुहारमा कुटपिट गरेको जस्तो नीलडाम देखिएपछि आफन्त आक्रोशित भएका हुन् ।
सोमबार उर्लाबारीबाट किटानी जाहेरी दिन इलाका प्रहरी कार्यालय बेलबारी आएका उनका आफन्तले सो दाबी गरेका हुन् । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले रोजी घरको आफ्नै कोठाभित्र चुकुल लगाइएको अवस्थामा मृत भेटिएको बताएका छन् । घटनाको प्रकृति हेर्दा आत्महत्या नै देखिएको, बाँकी कुरा पोस्टमार्टमको रिपोर्ट आए पछि मात्र भन्न सकिने उनको भनाई छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP