जिल्ला प्रहरी कार्यालय सुनसरीले दुई जना युवालाई ठुलो मात्राको प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ ।
गत भदौ ३१ गते इनरुवा ३ स्थित पूर्वपश्चिम राजमार्गमा पर्ने सखुवागाछीमा चेकजाँच गर्ने क्रममा कुल ९ हजार २५० क्याप्सुल ट्रमाडोल सहित धरान ७ का ३० वर्षीय सन्तोष लिम्बु र धरान ८ का २८ वर्षीय सविन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रदेश नं १–०२–०४५ प ११८३ लेखिएको पल्सर मोटरसाइकलमा सवार उनीहरूलाई रोकेर चेकजाँच गर्दा प्रतिबन्धित औषधी ट्रमाडोल हाइड्रोक्लोराइड क्याप्सुल ठुलो परिमाणमा फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाइएको सुनसरी प्रहरीले जनाएको छ ।
त्यस्तै सुनसरीको कोसी गाउँपालिका ७ सप्तकोशी नदीको किनारको झाडीमा ६० केजी बेवारिसे गाँजा प्रहरीले फेला पारेको छ । ४ वटा प्लास्टिकको बोरा झाडीमा मुख बाँधिएको अवस्थामा फेला परेको जानकारी प्रहरीलाई आएको र खोलेर हेर्दा सो परिणामको गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP