गायक राजेशपायल राईको स्वरमा पलपल तिम्रो याद सार्वजनिक

दिप खबर
अशोज १, २०७८

गायक राजेशपायल राईको स्वर नयाँ गीत ‘पलपल तिम्रो याद’को भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा सोभित घिमिरे र लजिना सुवेदीले अभिनय गरेका छन् । मोडल सोभितकै शब्द र अमर राईको सङ्गीत रहेको ‘पलपल तिम्रो याद’को भिडियो तुलसी घिमिरे ‘समर्पण’ले निर्देशन गरेका हुन् ।

भिडियोमा सोभित र लजिनासँगै अमृत बुढाथोकीको पनि अभिनय रहेको छ । भिडियोलाई भोगेन्द्र याम्फु र प्रसन घिमिरेले खिचेका हुन् भने सम्पादन निर्देशक समर्पणले नै गरेका हुन् ।

मोडल सोभितकै युट्युब च्यानलबाट भिडियो सार्वजनिक भएको हो । राजस्व कार्यालय इटहरीका कर्मचारी समेत रहेका सोभितले यसअघि पनि भिडियो निर्माण तथा अभिनय गर्दै आएका थिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP