इटहरी उपमहानगरपालिकाले सिलाई कटाई शीप सिकेका महिलालाई सिलाई मेशिन प्रदान गरेको छ । उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले एक कार्यक्रमका विच सिलाई मेशिन हस्तान्तरण गरेकी हुन् । इटहरी उपमहानगर वडा नम्वर ५ को तर्फवाट १३ वटा र उपमेयर आत्मनिर्भर कार्यक्रमको ७ वटा गरि २० वटा सिलाई मेशिन वितरण गरिएको हो ।
सम्वृद्धि हेल्भेटास परियोजना अन्र्तगत ६५ दिन सम्म संचालित टेलरिङ्ग तालिमको समापनका अवसरमा मेसिन हस्तान्तरण गरिएको हो । तालिम सम्वृद्धि हेल्भेटास परियोजनाको प्राविधिक सहयोगमा मल्टिस्किल एण्ड इन्भारोमेन्ट प्रालिले इटहरी ५ मा संचालन गरेको हो ।
महिलालाई शीप सिकाएर मेशिन समेत प्रदान गरेर गरिखाने वनाउने लक्ष्य राखिएको उपमेयर लक्ष्मी गौतमले बताइन् । उनले सिकेको शीप प्रयोग गरेर ६ महिना भित्रमा रोजगार वन्न आग्रह गरिन् । वडा नम्वर ५ का वडाध्यक्ष कल्याण वहादुर कार्कीले शीप सिकेका महिलाले सिलाएका लुगाको वजारीकरणमा सहयोग गर्ने बताइन् ।
सम्वृद्धि हेल्भेटास परियोजनाका टिमलिडर वालमुकुन्द न्यौपानेले हातमा शीप भएको मान्छे कहिल्यै भोको वस्नु नपर्नेमा जोड दिए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP