सुनसरीको कोशी गाउँपालिकामा नेपाली काग्रेंस र जनता समाजवादी पार्टी सहित विभिन्न पार्टी त्यागेर पाँच सय बढी नेता कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश परेका छन् । विगत लामो समयदेखी राजनीतिमा रहेका हाल नेपाली काग्रेंसका स्थानीय नेता जितेन्द्र (जितु) खेरवार सहित आफ्नो माउँ पार्टी नेकपा एमालेमा प्रवेश परेका हुन् ।
कोशीमा ८ वटै वडाका विभिन्न तहका विभिन्न पार्टी परित्याग गरी एकसाथ ५५१ जना नेता, कार्यकर्ता, युवा र महिलाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेका केन्द्रिय सदस्य र सुनसरी जिल्ला सह इन्चार्ज प्रदेश एकका पूर्व प्रदेश मन्त्री जगदिश प्रसाद कुसियैत र युवा नेता अजय कुसियैतको पहलमा उनीहरू एमालेमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई सुनसरीका नेकपा एमाले जिल्ला अध्यक्ष रेवतीरमण भण्डारी एवं प्रदेश १ का निवर्तमान प्रदेश उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्री जगदिश प्रसाद कुसियैतले टिका, माला तथा खादाँ लगाएर स्वागत गरेका थिए ।
कार्यक्रममा एमाले सुनसरीका सचिव पर्शुराम यादव, एमालेका नेताहरू रमेश श्रेष्ठ, तैयव हुसेन, निलम खनाल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै पूर्व प्रदेश मन्त्री जगदिश प्रसाद कुसियैतले नवप्रवेशीहरूलाई एमालेले उचित स्थान दिने बताएका थिए । त्यसैगरी कुसियैतले आफू मन्त्री भएपछि कोशीको मूल्य राजमार्गदेखी सिमासम्मको बाटोमा कालो पत्रे योजना, हरिपुरमा कालोपत्रे, चिल्ड्रेन पार्क, दजर्नौ मन्दीर निर्माण, पर्यटकीय क्षेत्र विस्तार लगायतको काम गरेकाले नागरिकको एमाले प्रतिको क्रेज बढेको बताए ।
कुसियैतले जनताको भरोसाको पार्टी एमाले भएको समेत बताए । आफूहरुको पार्टी संघीय सरकारबाट बाहिरिए पनि नेकपा (एमाले) प्रति जनताको भरोसा बढ्दो क्रममा रहेको बताएका छन् । आयोजित पार्टी प्रवेश कार्यक्रममा कुसियैतले मुलुकको विकास र समृद्धिका लागि केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको ऐहासिक कार्यका कारण एमालेप्रति जनताको भरोसा बढेको जिकिर गरे ।
पूर्वमन्त्री कुसियैतले कुनै पनि दल आफ्नो विचार र तिनको कार्यान्वयनका कारण स्थापित वा विस्थापित हुने उल्लेख गर्दै विचारको सही र सफल कार्यान्वयनका कारण एमाले पूर्णरुपमा स्थापित बन्न सकेको दाबी गरे । उनले कोशी क्षेत्रमा नेपाली काग्रेंसले सात दशक देखी जनताको भोट लिएपनि काम केही नगरेको दावी गर्दै एमालेले मात्रै केही गरेको उदाहरण चार वर्षमा नागरिकले हेरेको र अनुभुती समेत गरेको बताए ।
कुसियैतले विकास र समृद्धिको नारा दिएको सरकार सफल भएको समेत दावी गरे । कार्यक्रममा नेता तैयव हुसेनले नेकपा एमाले फुटेको नभई केही कसिगरहरु भागेको बताएका छन् । नेकपा एमाले जनताको बहुदलीय जनवाद (जबज) लाई अघि बढाउने बाटोमा रहेकाले सफलता मिल्ने बताएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP