प्रदेश १ का मुख्यमन्त्री आचार्यले थपे ५ मन्त्री

दिप खबर
भदौ ३०, २०७८

प्रदेश १ का मुख्यमन्त्री भीम प्रसाद आचार्यले ५ जना नयाँ मन्त्री थप गरेका छन् ।

आचार्यले संखुवासभाका तुलसी न्यौपानेलाई आर्थिक मामिला तथा योजना, झापाका हिराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रलयको जिम्मेवारी दिएका छन् । त्यस्तै सोलुखुम्बुका उत्तमकुमार बस्नेतलाई उद्योग वन, पर्यटन तथा वातावरण राज्यमन्त्री, मोरङका ज्ञानेश्वर राजवंशीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र मोरङका लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानून राज्यमन्त्री बनाका हुन् ।

यसअघि सामाजिक विकास मन्त्रीको रुपमा ताप्लेजुङका बलबहादुर साम्सोहाङ र तेह्रथुमका लछुमन तिवारीलाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री नियुक्ति भएका थिए ।

नयाँ मन्त्रीमण्डल विस्तार गरेसँगै प्रदेश १ को मन्त्रीपरिषद ८ सदस्यीय भएको छ । मुख्यमन्त्री पछाडि मन्त्रीहरुको पहिलो बरियतामा न्यौपाने, दोस्रोमा थापा, तेस्रोमा तिवारी, चौथोमा साम्सोहाङ राखिएको छ । यस्तै बस्नेत पाँचौं, राजवंशी छैठौं र अधिकारी सातौं नम्बरको बरियतामा नियुक्त भएका हुन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP