इटहरीबाट लागुऔषध सहित दुई जना पक्राउ

दिप खबर
भदौ ३०, २०७८

सुनसरीको इटहरीबाट लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी ४ मिलन चौकबाट चेकजाचँ गर्ने क्रममा दुई जनालाई १३ ग्राम ग्राउन सुगर सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा झापा गौरीगंज गाउँपालिका २ बस्ने २७ वर्षीय आइतबारी हस्दा र भारतको विहार राज्य बस्दै आएका २२ वर्षीय सुरज शाह रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई २७ गते पक्राउ गरेपनि ३० गते (आज) सार्वजनिक गरेको छ । दुई जनालाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP