रत्न तथा आभुषण संघका सदस्यको विकासका लागि ज्योति बैंकले सहयोग गर्ने

दिप खबर
भदौ २६, २०७८

धरान: रत्न तथा आभुषण संघका सदस्यहरुको आर्थिक विकासमा ज्योति विकास बैंकले सहयोग गर्ने भएको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले आफ्ना सदस्यहरुलाई ऋणका साथै व्यवशायीक विकासका लागि बैंकसँगको सहकार्य सुरु गरेको हो । सोमबार९आज० धरानमा यसै विषयमा बैंक तथा महासंघ सदस्यहरुबिच एक अन्तक्र्रिया गरिएको छ ।

सुनसरी रत्न तथा आभुषण संघले आयोजना गरेको कार्यक्रममा ज्योति विकास बैंक लिमिटेडका क्षेत्रिय प्रमुख परमेश्वर शाक्यलगायत धरान, इटहरी र विराटनगरका शाखा प्रबन्धकहरु सहभागि थिए ।

उनीहरुले सुनचाँदी व्यवसायीहरुले बैकिङ्ग लाभ कसरी लिन सक्छन् भन्ने बारे जानकारी दिएका थिए । कार्यक्रममा सहभागि भएका धरान, इटहरी, इनरुवा र विराटनगरका सुनचाँदी व्यवसायी तथा उद्यमशील शिल्प व्यवसायी कालिगढहरुले बैंक ऋणलगायत विभिन्न विषयमा जानकारी लिएका थिए ।

कार्यक्रमका सभापती तथा सुनसरी रत्न आभुषण संघका अध्यक्ष टेकबहादुर येङदेनले स्वागत मन्तव्य प्रदान गरेका थिए । उनले बैंक र संघबिचको समन्वय र सहकार्यका विषयहरुका बारेमा जानकारी दिएका थिए ।

यस्तै नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ १ नं प्रदेश संयोजक तथा संघका संस्थापक अध्यक्ष विशन शाक्यले व्यवसायी र बैंक बिच बैंकिङ सहकार्यमा जोड दिँदै अवसरको सदुपयोग गर्न सदस्यहरुलाई अनुरोध गरे । उनले सो कार्यमा संघले आवश्यक समन्वय र सहयोग गर्ने बताए ।

कर्जा प्रवाह गर्दा बैंकले लिने सेवा शुल्कमा विशेष छुट प्रदान गर्ने जनाइएको छ। साथै व्यवसायीहरुलाई क्युआर कोड प्रदान गर्नेछ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP