लोकसेवाको जागिर लगाईदिने भन्दै पैसा लिएर ठगि गर्ने एक ब्यक्तिलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । महात्तरी पशुपतिनगर ४ घर भई धरान ५ तल्लो देउराली बस्ने ५२ वर्षीय कुमार थापा मगर भन्ने अमर बहादुर लामिछानेलाई उनी बस्ने स्थानबाट पक्राउ गरेको हो ।
प्रहरीले लामिछाने बसेको घरको कोठामा खानतलासी गदा सर्वोच्च अदालत काठमाण्डौ लेखिएको डिजिटल छाप थान –१, लोकसेवा कार्यालय कमलपोखरी काठमाण्डौ लेखेको रवरको छाप थान –१ (एक), गोप्य लेखेको रवरको छाप थान –१ (एक), जिबछ लामिछाने समेत लेखेको रवरको छाप थान –१ (एक) समेत फेला पारेको छ ।
त्यस्तै नेपाल सरकार गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय काठमाण्डौ लेखेको रवरको छाप थान –१ (एक), प्रहरी निरीक्षक लेखेको रवरको छाप थान –१ (एक), उपसचिव लेखेको रवरको छाप थान–१ (एक) राष्ट्रिय बाणिज्य बैंक उल्टो उल्लेख भएको रवरको छाप थान –१ (एक), लोक सेवा आयोगको कार्यालय धनकुटा लेखेको डिजिटल स्टाम छाप थान –१ (एक), शाखा अधिकृत लेखेको छाप थान –१ (एक) लगायत सम्बन्धित बिभिन्न कागजातहरु बरामत गरेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।
उनले धरान लगायत विभिन्न स्थानमा ब्यक्तिलाई आफुँ लोकसेवा आयोगको कर्मचारी रहेको र सरकारी जागिर लगाईदिने भन्दै रकम अशूल्दै आएका थिए । सर्वसाधारणबाट मोटो रकम लिएर लोक सेवा आयोगको परीक्षा प्रवेश पत्र समेत वितरण गर्ने गरेको प्रहरीको दाबी छ । लामिछाने विरुद्ध गत २३ गते किटानी जाहेरी परेको थियो । सोही किटानीको आधारमा पक्राउ गरेको उनलाई पक्राउ गरेको हो ।
ठगि गर्ने लामिछानेलाई सरकारी छाप दस्तखत किर्ते तथा ठगी कसुरमा सुनसरी जिल्ला अदालतबाट दिन ७ को म्यादथप गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले बताएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP