नयाँ नेतृत्वबाट संस्कारी काङ्ग्रेस बनाउँछु :नगर सभापतिका उमेद्धार बस्नेत

दिप खबर
भदौ २५, २०७८


नेपाली काङ्ग्रेसको आगामी १४ औँ महाधिवेशनका लागि इटहरी नगर समिति सभापतिमा प्रकाश बस्नेतले उमेद्धारी दिइसकेका छन् । हाल नगर कमिटी सचिव रहेका उनी लामो समयदेखि पार्टीमा अग्रणी भूमिकामा रहँदै आएका छन् । बस्नेत पार्टीलाई एक ढिक्का बनाउने, नयाँ नेतृत्वबाट संस्कारी काङ्ग्रेस बनाउने जस्ता प्रतिबद्धता जनाएर आफूले सभापति पदमा उमेद्धारी दिएको बताउँछन् ।
उनले पार्टी भित्र देखिएको गुटउपगुटलाई तोड्ने, बिपीको विचारधारालाई शिरोपर गर्दै युवाहरूलाई नेपाली काङ्ग्रेसको भावनात्मक सम्बन्धमा जोड दिने, पार्टीका अग्रज व्यक्तित्वहरूको भावनालाई सम्मान गर्दै,व्यक्तिवादी काङ्ग्रेस हैन सिङ्गो नेपाली काङ्ग्रेस बनाउन लागि पर्ने बताए । उनले आगामी आउने स्थानीय तहको चुनावमा पार्टीबाट बनेका उमेद्धारलाई जसरी पनि जिताउने रणनीति लिएको बताउँछन् ।
हाल नगर सभापति रहेका हेमकर्ण पौडेललाई राम्रो साथ दिएका बस्नेत आफैँ नेतृत्वमा आउन चाहेका छन् । पौडेलले आफँुलाई नसघाएकाले, एकै व्यक्ति पटक पटक नेतृत्व लिन खोज्नुले पार्टी र युवा पङ्क्तिलाई नोक्सान हुने भएकाले उमेद्धार बनेको उनको तर्क छ । १३ औँ महाधिवेशनमा हाल वडा नम्बर ३ का वडाध्यक्ष बालकृष्ण विष्टलाई पराजित गरेका उनले सभापतिमा उम्मेदवारी दाबी गरेका हुन् ।
साबिकको पकली गाविस सचिवको समेत जिम्मेवारी सम्हालेका उनी अहिले आफ्नो पक्षमा भोट गरी जिताउन भन्दै प्रचार प्रसारमा लागेका छन् ।
इटहरी उपमहानगर नेपाली काङ्ग्रेस सभापतिमा तिन जनाले उमेद्धारी दिएका छन् । हाल नगर सभापति रहेका पौडेल तेस्रो पटक पनि नेतृत्व लिने तयारीमा जुटेका छन् । त्यस्तै नेपाल विद्यार्थी सङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष विकास केसी पनि सभापतिको लडाइँमा होमिएका छन् । १३औँ महाधिवेशनमा पौडेलसँग पराजित बनेका केसी फेरि उही पौडेललाई हराएर आफुँ सभापति बन्ने दौडमा छन् ।
इटहरीको १४ औँ नगर अधिवेशन भदौ २७ गते तय भएको छ । क्रियाशील सदस्यबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिले मात्र मतदान गर्न पाउने भएपछि यो पटकको अधिवेशन थप रोचक देखिने छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP