सुनसरीमा मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु

दिप खबर
भदौ २५, २०७८

सुनसरी रामधुनी नगरपालिका ६ कान्छिचौक–चतरा सडक खण्डको सुनसरी खोला पुलमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु छ भने पछाडि सवार घाइते भएका छन् ।
मृत्यु हुनेमा मोरङ कानेपोखरी गाउँपालिका ६ का १८ वर्षीय रितिक राई रहेका छन् । पछाडि सवार सोही स्थानका २१ वर्षीय नीरज राईको उपचार भइरहेको छ ।
गए राती १२ बजे उत्तर तर्फ जाँदै गरेको को ३६ प ९५८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पुलमा ठोक्किएर दुर्घटना हुँदा दुवै जना घाइते भई उपचारको लागी धरानमा पठाइएको थियो ।
गम्भीर अबस्थामा रहेका रितिकको आज बिहान ३ बजे उपचारको क्रममा मृत्यु भएको छ । घाइते निरजलाई थप उपचारको लागी विराट नर्सिङ होम विराटनगर रेफर गरिएको छ ।
दुर्घटना भएको मोटरसाइकल इलाका प्रहरी कार्यालय पकलीमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP