इटहरी ३ बस्दै आएकी ३५ वर्षीय क्यान्सर पीडित छवि तामाङलाई आर्थिक अवस्था कमजोरका कारण उपचार गराउन समस्या परेको छ । ४ महिना अघि दाँत दुखेर इटहरीको एक डेन्टलमा दाँत निकाल्न गएकी उनको दिनप्रतिदिन गिजा सुनिएपछि उनको मुख भित्र क्यान्सर भएको हो ।
आर्थिक अवस्था कमजोर भएकै कारण उपचारमा समस्या भएको श्रीमान् नरबहादुर तामाङले बताए । लामो समय देखि अर्काको घरमा बसेका दम्पतीको उपचारमा सबै सम्पत्ति सकिएपछि के खाने ? के लाउने भन्ने समस्या परेको तामाङले गुनासो गरे ।
क्यान्सर भएको थाहा पाएका आफन्तले ३ लाख पैसा उठाएर झापाको विएन्सी अस्पतालमा लगिएको थियो । अस्पतालले उपचारमा अझै २ लाख लाग्ने बताएपछि गरिबीको चपेटामा परेको परिवार समस्यामा परेको छ ।
गत आइतबार नै अस्पतालले उपचारका लागि बोलाए पनि आर्थिक अभावका कारण जान नसकेको उनको भनाई छ । ५० साल देखि साहुको जग्गामा छाप्रो बनाएर बसेका तामाङलाई साहुले केही परे भन्नु भने पनि आज सम्म फोन नउठाउने, हेर्ने नआउने गरेको उनको गुनासो छ ।
“साहुको जग्गा हो । मेरो केही छैन । साहुले अहिले फोन उठाउँदैन । केही परे सहयोग गर्छु भन्यो, अहिले पछि बोल्न मान्दैन”, नरबहादुरले भने, “गिजामा क्यान्सर भएपछि खुट्टाको मासु काटेर लाको छ । खाना खानु हुँदैन । जाउलो पकाएर खुवाउँछु ।” उनले आफ्नो श्रीमतीलाई उपचारमा सहयोग गर्न अपिल गरेका छन् । आफ्नो बैङ्क खाता नम्बर नभएकाले छिमेकी लक्षुमण महतराको नाममा रहेको नेपाल बैङ्कको खाता नम्बर ०५९०१००६९७९६१४०००००१ जम्मा गरिदिन आग्रह गरेका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP