सङ्खुवासभाको मादीमा भएको सामूहिक हत्याकाण्डका ६ जनाको लास इटहरी स्थित गंगाजमुना घाटमा अन्त्येष्टि गरिएको छ । एकै परिवारका ६ वटै शवको धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा पोस्टमार्टमपछि बुढीगंगामा अन्त्येष्टि गरिएको हो। शव अन्त्येष्टिका लागि तेजबहादुरका कान्छा छोरा रमेश कार्की दुबईबाट मङ्गलवार धरान आइपुगेका थिए ।
तेजबहादुर कार्की र उनकी श्रीमती कमला कार्कीको एउटै चितामा राखेर अन्त्येष्टि गरिएको छ । तेजबहादुरकी जेठी बुहारी रञ्जना कार्की नाति ११ वर्षीय दीपेन कार्की नातिनी सात वर्षीया गोमा कार्कीको शव एउटै चितामा राखेर अन्त्येष्टि गरिएको थियो भने तेजबहादुरकी आमा पार्वती कार्कीलाई छुट्टै चितामा राखिएको थियो ।
सङ्खुवासभाको मादी नगरपालिका १ खोला गाउँको उम्लिङमा सोमबार एकै परिवारका छ जनाको बीभत्स हत्या भएको थियो । सोमबार बिहान ५८ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना कार्की, ११ वर्षीय नाति दीपेन कार्की र सात वर्षीया नातिनी गोमा कार्कीको शव फेला परेको थियो । घटनाको अनुसन्धान सङ्घीय प्रहरी एकाइ कार्यालय धरानका एसपी भीम दाहालसहितको टोलीले गरिरहेको छ ।
एकै परिवारका ६ जनाको मृत्यु भएपछि हत्याराको चाडोँ भन्दा चाडोँ पत्ता लगाउनु पर्ने माग गरेका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP