सुनसरीमा नेकपा एमालेबाट निर्वाचित २९९ जना जनप्रतिनिधि मध्ये ६ जना नेकपा एकिकृत समाजवादी रोजेका छन् ।
उनीहरुले मंगलबार जिल्ला निर्वाचन कार्यालय सुनसरीमा पुगेर सनाखत गरेको कार्यालयले जानकारी दिएको छ ।
नेकपा (एस) सनाखत गर्नेमा इटहरी उपमहानगरपालिका कार्यपालिका सदस्य गौरीमान परियार र २ नम्बर वडा सदस्य सन्तोष राई, धरान उपमहानगरपालिका कार्यपालिका सदस्य कैलास अग्रवाल छन् । यस्तै बराहक्षेत्र नगरपालिका ७ नम्बर वडा सदस्यहरु पर्शुराम आचार्य र सुष्मा परिवार छन् । इनरुवा नगरपालिका ६ का वडा सदस्य राजेश दाहालले नेकपा (एस) रोजेका छन् । दाहाल हाल प्रदेश १ का मुख्यमन्त्री भिम आचार्यका वडा सदस्य तथा छिमेकी हुन् ।
दल रोज्ने समय मंगलबारबाट सकिएसँगै नेकपा एमाले सुनसरीमा बलियो देखिएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP