इटहरीमा माधव समुहका ५ जना युवा संघ केन्द्रिय सदस्य एमालेमा खुले

दिप खबर
भदौ २०, २०७८

इटहरी: नेकपा एमालेमा माधव नेपाल गुटमा रहेका युवा संघका ५ केन्द्रिय सदस्य नेकपा एमालेमै रहने भएका छन् । पार्टी भित्र विवाद आएपछि माधव समुहले बनाएको युवा संघ समानान्तर कमिटी सदस्य रहेका ५ सदस्य एमालेमै रहने विज्ञप्ती मार्फत जानकारी दिएका हुन् ।

कपिल गुरुङ, युवराज गौतम,अमित राई,पुस्पा अधिकारी र मनोज भण्डारीले आइतबार (आज) संयुक्त विज्ञप्ति जारी गर्दै एमालेमै रहने जनाएका हुन् । पार्टी भित्रै रहेर अन्तर संघर्ष गर्न सहयोग गरेपनी पार्टी फुटाउदा आफुहरु सङै लाग्न नसकिने जनाएका हुन् ।

पार्टी भित्र अन्तर संघर्ष रहँदा क.माधव कुमार नेपाललाई साथ दिदै आएको सर्वविधितै रहेको छु विज्ञप्तीमा भनिएको छ,अन्तर संघर्श गर्दै सम्बाद छलफलको माध्यमबाट समस्यको हल गर्न सकिन्छ तर पार्टी नै फुटाएर अर्को पार्टी निर्माण गर्ने पार्टीको सिद्धांत बिपरित लाग्ने कार्यमा हाम्रो सहमति नहुने कुरा जानकारी गराउन चाहान्छौ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP