अखिल क्रान्तिकारी इटहरी नगर कमिटिले नगर प्रमुखलाई द्धारिकलाल चौधरीलाई ज्ञापनपत्र बुझाएको छ । नेकपा माओवादी केन्द्र समर्थक विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले इटहरी उपमहानगर प्रमुख चौधरीलाई विद्यार्थीका सवालमा गम्भीर हुन आग्रह गरेको हो ।
आज (शुक्रबार) नगर प्रमुखलाई ज्ञापन पत्र बुझाउँदै अनलाईन कक्षाको नाममा विद्यार्थीसगँ मनोमानी रुपमा शुल्क उठाउने शैक्षिक संस्थालाई कारबाही गर्नु पर्ने, तत्काल परीक्षा दिन तयार भएका विद्यार्थीलाई खोपको ब्यबस्था गर्नु पर्ने र नगर भित्रका शैक्षिक गतिबिधिमा जनताका छोराछोरीको तर्फबाट न्यायीक काम गरी सबै शैक्षिक संस्थामा १० प्रतिशत छात्रावृतिको कार्यक्रम अनिवार्य लागू गर्न समेत संगठनले माग गरेको नगर अध्यक्ष कृष्ण कार्कीले जानकारी दिए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP