मोरङमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । बिराटनगर महानगरपालिका १८ खोक्साहा का २८ बर्षीय पप्पु कुमार मण्डलको आज (शुक्रबार) दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।
११ बजे विराटनगर १७ रहेको रघुपति जुट मिलमा काम गर्दैगर्दा करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई कोशी अस्पतालमा उपचारको क्रममा दिउँसो साढे ११ बजे मृत्यु भएको प्रदेश १ प्रहरीले जानकारी दिएको छ। । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटि थप अनुसन्धान गरिरहेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP