इलाका प्रहरी कार्यालय इटहरीद्धारा लागूऔषध ओसारपसारमा संलग्न श्रीमान् श्रीमती पक्राउ

दिप खबर
भदौ १६, २०७८

इलाका प्रहरी कार्यालय इटहरीले २१ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । सुनसरीको इटहरी १२ बाट सवारी साधन चेकजाँच गर्ने क्रममा विराटनगरतर्फ जाँदै गरेको प्र–१–०२–०४३ प ८८०४ नम्बरको मोटरसाइकलमा सवार दुईजनालाई गाँजासहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा धनकुटा सांगुरीगढी गाउँपालिका ८ घर भई हाल इटहरी ४ मा कोठाभाडामा बस्दै आएका २७ वर्षीय दीपेन्द्र राई र मोटरसाइकलको पछाडि सवार निजको श्रीमती २५ वर्षीष शर्मिला राई रहेका इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकलको बीचमा ‘ह्याप्पी बर्थडे’ लेखिएको लेखिएको रंगीचंगी ¥यापिङ पेपरले बाहिरबाट बेरेर राखेको अवस्थामा कार्टुन र मोटरसाइकलको लेगार्डमा झुण्ड्याई बेकेको जेब्रा झोलाभित्र प्लाष्टिकमा प्याक गरेको ४ पोका र कार्टुनभित्र प्लाष्टिकमा प्याक गरेको १७ पोका गाँजा फेला परेको थियो ।

जम्मा २१ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ । यस्तै, उनीहरु सवार मोटरसाइकल समेत बरामद गरिएको इटहरी प्रहरीले जनाएको छ ।

गाँजा ओसारपसारमा संलग्न भारतको अररिया जिल्ला जोगवनी थाना पीपरा पञ्चायत ६ विसनपुर (बिहार, भारत) बस्ने अन्दाजी ३० वर्षीय टुनटुन यादवलाई समेत मोरङ प्रहरीको सहयोगमा विराटनगर १५ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न तीनै जनालाई जिल्ला अदालत सुनसरीबाट लागूऔषध मुद्दामा नौ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP