सडकमा ‘लाइभ म्युजिक च्यारिटी शो’

भदौ १५, २०७८

इटहरीका सम्पूर्ण म्युजिसियन युवाहरु आज एकैसाथ सडकमा उत्री ‘लाइभ म्युजिक च्यारिटी शो’ गरिरहेका छन । बिर्तामोडका रेडियम बि टि यम बाैंडका भोकालिस्ट राजु चौधरी ब्लड कयान्सर जस्तो प्राण घातक रोगको सिकार भएको कारण उपचार खर्चकालागि बिभिन्न ठाँउ का बेन्ड मेम्बर तथा म्युजिसियन युवाहरुले राजु चौधरी बचाउ अभियान ।

देशको बिभिन्न ठाँउठाउँमा च्यारिटी शो गर्दै आएका छन । त्यस्तै २०७८/५/१३ , १४ र १५ गते इटहरीका म्युजिसियन युवाहरुले पनि ‘म्युजिक फर लाफ ‘ “टुगेदर व्यु क्यान ” भन्दै ३ दिने सडक लाइभ म्युजिक च्यारिटी शाे क्याम्प राजु चौधरी बचाउ अभियानको सुरुवात गरेका हाे । हामी यस म्युजिक फिल्डमा लागेका युवाहरु आफ्नो क्षेत्रदेखि जति सक्छौ त्यति हाम्रो आत्मिय कलाकार भाइ राजु चौधरी का लागि हाम्रो तर्फ बाट मदत गर्ने प्रयास गर्दैछौ भन्दै डाइनमिक बेन्डका ड्रमर नबिन श्रेष्ठले बताएका छन ।

आज हाम्रो सानो प्रयासले कसैको ज्यान बच्नेछ भन्दै आज हामी सबै यस म्युजिक फिल्डमा लागेका युवाहरु सडकमा उत्रिएर च्यारिटि शाे गरिरहेका छौ भन्दै सुदिक्षा श्रेष्ठले बताए ।।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP