भोजपुरमा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

भोजपुरमा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

भोजपुरमा ४० वर्षीय बुद्धिमान राईले आफ्नै श्रीमतीको हत्या गरेर झुन्डिएर आत्महत्या गरेका छन् । जिल्लाको षडानन्द नगरपालिका–९ किमालुङ्ग (तालखर्क) मा राईले शुक्रवार राती २८ वर्षया श्रीमती इन्द्रकला राईलाई धारिलो हतियार खुकुरी प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
प्रहरीका अनुसार राईले श्रीमतीको हत्या गरी घर नजिकै रहेको दुधिलोको रुखमा झुन्डिएर आत्माहत्या गरेका हुन् । आमालाइ खुकुरी प्रहार गरेको देखेपछि ८ बर्षिय छोराले स्थानीयलाई खवर गरेका थिए । घटनाको जानकारी पाउन साथ घटना स्थलमा पुग्दा इन्द्रकलाको मृत्यु भइ सकेको र उनलाई खोजी गर्दा झुन्डिएको अबस्थामा फेला परेको स्थानियले जनाएका छन् ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी राजकुमार राईले बताए ।