प्रदेश १ का मुख्यमन्त्री आचार्यले नियुक्त गरे दुई मन्त्री

प्रदेश १ का मुख्यमन्त्री आचार्यले नियुक्त गरे दुई मन्त्री

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले शुक्रबार दुई जना मन्त्री नियुक्त गरेका छन् ।

ताप्लेजुङका बलबहादुर साम्सोहाङ सामाजिक विकास मन्त्री र तेह्रथुमका लछुमन तिवारी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त भएका हुन् ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नवनियुक्त दुवै मन्त्रीलाई शपथग्रहण पनि गराइसकेका छन् । नवनियुक्त दुवै मन्त्री यसअघि माधव नेपाल समूहमा थिए ।