प्रदेश १ मा थप ६३९ जनामा कोरोना संक्रमण

प्रदेश १ मा थप ६३९ जनामा कोरोना संक्रमण

प्रदेश १ मा आज थप ६३९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । १ हजार ५६५ जनाको पीसीआर परीक्षण गर्दा ४३३ र १ हजार ७८ जनाको एन्टिजेन परीक्षण गर्दा २०४ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५०, मोरङमा १३८, सुनसरीमा १०५, इलाममा १२, धनकुटामा ८, भोजपुरमा ४, तेह्रथुम र उदयपुरमा ३(३, पाँचथर, सोलुखुम्बु र सङ्खुवासभामा १(१ र प्रदेश १ बाहिरका ७ जनामा सङ्क्रमण देखिएको हो।

प्रदेश १ मा आज ५२८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुनेमा २६३ महिला र २६५ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।