सुनसरीको बराहक्षेत्रबाट ठुलो परिमाणमा ब्राउन सुगर सहित ५ जना पक्राउ

सुनसरीको बराहक्षेत्रबाट ठुलो परिमाणमा ब्राउन सुगर सहित ५ जना पक्राउ

सुनसरीको बराहक्षेत्रबाट ठुलो परिमाणमा ब्राउन सुगरसहित कारोबारमा संलग्न ५ जनालाई पक्राउ प्रहरीले गरेको छ।

पक्राउ पर्नेहरुमा एक जना भारतीय पनि छन् । यो गिरोहले ब्राउन सुगर सुनसरीमा भित्र्याएर कारोबार गर्दै आएको थियो । प्रहरीले कुल ७६ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर वरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबार साँझ १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले बिशेष सुचना पाएको थियो । सोही सुचनाको आधारमा बराहक्षेत्र नगरपालिका ३ बाङ्गे नडाह सडक खण्डबाट मोटरसाइकलमा सवार वडा नं ६ का पुरुषेत्तम मेहताको साथबाट ब्राउन सुगर फेला परेको थियो ।

उनको साथबाट ७ ग्राम ४३० ग्राम ब्राउन सुगर भेटिए पछि प्रहरीले प्र.१-०२-०४४ प ४५५६ र प्र.१-०२-०४२ प ४२२९ नम्वरको मोटरसाईकलमा सवार थप ३ जनालाई पनि पक्राउ गरेको थियो । प्रहरीका अनुसार पुरुषोत्तमसँगै २९ बर्षीय विशाल बस्नेत, वडा नं ९ का २८ बर्षीय पाथे चन्द्रवंशी र जयन्त माइला पनि पक्राउ परेका छन् । मोटरसाइकलसहित पक्राउ परेका ४ जनालाई लागु औषध नियन्त्रण ऐन २०३३ वमोजिम अदालतबाट ७ दिन म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

पक्राउ परेकाहरुको वयानबाट भारतको सुपौल थाना विरपुर बनेलीपट्टी ३ का २५ बर्षीय रुद्रनारायण कुमार यादव पनि संलग्न रहेको खुलेको थियो । प्रहरीले उनलाई पनि बराहक्षेत्र ८ शुक्रबारेबाट सोमबार साँझ पक्राउ गरेको छ । भारतीय नम्बर प्लेटको बि.आर.५०के०३८६ नम्बरको मोटरसाइकलसहित पक्राउ परेको यादवको साथबाट ५२ ग्राम ब्राउन सुगर प्रहरीले वरामद गरेको छ ।

पक्राउ परेका यादवसँग सोधपुछ गर्दा अघिल्लो दिन पक्राउ परेका पुरुषोत्तमको घरमा थप ब्राउन सुगर लुकार्य राखेको जानकारी प्रहरीले पायो । त्यसपछि, पुरुषोत्तमको घरमा पुगेर प्रहरीले खोजी गर्दा प्रहरीले थप १७ ग्राम ब्राउन सुगर फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । यो गिरोहबाट वरामद भएको ब्राउन सुगरको परिमाण ७६ ग्राम ४३० मिलिग्राम पुग्छ । पक्राउ परेकाहरुबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।