सुनसरीको इटहरी–२० तरहरा नजिकै फोहोर बोक्ने ट्याङ्न्करको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
सोमबार १२ः१० बजेको समयमा ट्याङ्न्करको ठक्करबाट विराटनगर–१४ का २० वर्षीय सफल राजवंशीको उपचारको क्रममा निधन भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
धरानबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–०००१–६–८४४५ नम्बरको ट्याङ्करले नम्बर नखुलेको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करका कारण मोटरसाइकल जल्दा नम्बर खुल्न नसकेको प्रहरीले जनाएको छ ।
घाइते भएका सोही ठाउँका १८ वर्षीय अविनाश राजवंशीको धरानस्थित बीपी प्रतिष्ठानमा उपचार भइरहेको छ । मृतकको पनि प्रतिष्ठानमै उपचार भइरहेको थियो । उपचारको क्रममा एक घण्टापछि मृत्यु भएको हो ।
ट्याङ्न्करका चालक सुनसरी इटहरी–४ का २८ वर्षीय थुलमान राईलाई प्रहरी पोष्ट तरहराले नियन्त्रणमा लिएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP