स्वर्गीय दिलकुमार राईको स्मृतिमा बालबालिकालाई शैक्षिक सामग्री प्रदान

स्वर्गीय दिलकुमार राईको स्मृतिमा बालबालिकालाई शैक्षिक सामग्री प्रदान


स्वर्गीय दिल कुमार राईको स्मृतिमा इटहरी ५ मा रहेको रक्तमाला प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । आज (मंगलबार) ड्रेयर ड्रिम सोसाइटीको विशेष आयोजना तथा मृतक राईका आफन्तको उपस्थितिमा उक्त कार्यक्रम गरिएको हो ।
विद्यालयमा अध्ययनरत २० बालबालिकालाई कपि, पेन्सिल लगायतका सामग्री वितरण गरिएको राईकी छोरी निरु राईले जानकारी दिईन् । वुवा सामाजिक संस्थामा आबद्ध हुने र विभिन्न स्थानमा सहयोग गर्ने भएकाले बुवाको स्मृतिमा यस कार्यक्रमको आयोजना गरिएको उनले बताईन् । आगामाी दिनमा पनि सामाजिक कार्य गर्दै जाने उनको भनाई छ ।