काबुलबाट उद्धार गरेका ११८ जना नेपाली काठमाडौं आईपुगे

काबुलबाट उद्धार गरेका ११८ जना नेपाली काठमाडौं आईपुगे

अफगानिस्तानबाट अमेरिकाले उद्धार गरेका ११८ जना नेपाली कामदार काठमाडौं आइपुगेका छन् । कुवेतबाट चार्टर्ड जहाजमा ती नेपालीलाई काठमाडौं ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कुवेतबाट जजिरा एयरवेजको जहाजमार्फत उनीहरू मंगलबार बिहान १० बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको त्रिभुवन विमानस्थलका प्रवक्ता राजकुमार क्षेत्रीले बताए ।

उद्धार गरेर ल्याइएका नेपाली अफगानिस्तानस्थित अमेरिकी दूतावासमा सुरक्षा गार्डका रूपमा कार्यरत रहेको बताइएको छ । उनीहरूलाई यूएस फोर्सको जहाजबाट काबुलबाट कुवेत पुर्‍याइएको थियो ।

कुबेतबाट चार्टड फ्लाइटमार्फत उनीहरू नेपाल आइपुगेका हुन् ।