करेन्ट लागेर इटहरीको ग्यारेजमा काम गर्ने लिम्बुको मृत्यु

करेन्ट लागेर इटहरीको ग्यारेजमा काम गर्ने लिम्बुको मृत्यु

ईटहरीको एक ग्यारेजमा कार्यरत मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।

इटहरी वडा नं १७ लबिपुरस्थित अंकित बडि ग्यारेजमा कार्यरत ४० बर्षीय रामकुमार लिम्बुको मृत्यु भएको हो । ताप्लेजुङ मेरिङ्डा गाउँपालिका ४ घर भएका लिम्बु इटहरीको ग्यारेजमा कार्यरत थिए । हिजो (आइतबार) बेलुका पौने ६ बजे गाडीको बडी बनाउने क्रममा लिम्बुलाई करेन्ट लागेर गम्भिर घाईते भएका थिए ।

उनको एपेक्स अस्पताल ईटहरीमा उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे ईलाका प्रहरी कार्यालय पकलीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।