इटहरीमा साथीमार्टको नयाँ आउटलेट सञ्चालन

दिप खबर
साउन ३०, २०७८

साथीमार्टले इटहरीमा नयाँ आउटलेट संचालनमा ल्याएको छ । शनिबारदेखि साथीमार्टले मिलनचोक, इटहरीमा नयाँ आउटले संचालनमा ल्याएको हो । शनिबार एक कार्यक्रममा बीच उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले उद्घाटन गरेका हुन् ।
करिब ३ करोड रुपैयाँ लागतमा संचालनमा ल्याइएको शाखामा साथीमार्टको प्रदेश एकको क्षेत्रीय कार्यालय तथा गोदाम (बितरण केन्द्र) समेत रहने बताइएको छ । मार्टमा ओ टु ओ (अनलाइन टु अफलाइन) दुबै सुबिधा उपलब्ध छ ।

ओ टु ओ मार्ट भएकाले इटहरी र आसपासका उपभोक्ताले साथीमार्टको आधिकारिक वेबसाइटमार्फत आफुलाई आवस्यक सामान रोजेर अर्डर गरि घरैमा डेलिभरी मगाउन सक्नेछन् । इटहरी आउटलेटमा ग्रोसरी, कस्मेटिक, बेकरी, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, बर्थ डे, गिफ्ट, तरकारी फलफूल, इलेक्ट्रोनिक्स लगायतका सामान उपलब्ध रहेको छ।

मार्टमा ग्राहकले ३५ प्रतिशत सम्मको छुट, फल्यास सेल, डिल अफ द मन्थ, नेपाली मेड कलेक्सन लगायतको सुबिधा रहेको छ । स्टोर पुर्ण डिजिटल तथा अत्याधुनिक तरिकाले संचालन हुने नेपालकै पहिलो मार्ट हो। साथै ग्राहकलाई पिक अप सम्मको सुविधा पनि रहेको कम्पनिले जनाएको छ ।

ग्राहकहरुका लागि एन आइ सि एसिया बैंकबाट समान खरिद गर्दा २० प्रतिशत सम्मको छुटका साथै स्पिन द व्हील बाट उपहार जित्ने मौका रहेको र ग्राहकको लागि फोटो कन्टेस्ट जसबाट समाजीक संजालमा थप मनोरन्जन बढाउन सफल हुने बिश्वास मार्टको रहेको छ । त्यसका साथै यस आर्थिक बर्ष भित्र फ्रेन्चाइज मोडलमा २ सय ५० वटा र साथीमार्टकै लगानीमा नेपाल विभिन्न शहरमा १० वटा ठुला आउटलेट खोल्ने कार्यक्रम रहेको जनाइएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP