नेपाली काङ्ग्रेसद्धारा इटहरीका मेयरको कार्यकक्षमा तालाबन्दी, मेयर चौधरीलाई उपमहानगर प्रवेशमा रोक

नेपाली काङ्ग्रेसद्धारा इटहरीका मेयरको कार्यकक्षमा तालाबन्दी, मेयर चौधरीलाई उपमहानगर प्रवेशमा रोक

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको कार्यकक्षमा तालाबन्दी गरिएको छ । मेयर चौधरीले स्थानीय एक सर्वसाधरणलाई कार्यालयमा थुनेको विषयमा नेपाली कांग्रेस इटहरी नगर समितिले कार्यकक्षमा तालाबन्दी गरेको हो । मेयर सहित उपमेयर लक्ष्मी गौतमको कार्यकक्षमा पनि काँग्रेसले तालाबन्दी गरेको छ ।

नेपाली काँग्रेस इटहरीका नगर सभापति हेमकर्ण पौडेलले कानुन हातमा लिएर उदण्ड स्वभाव देखाउँदै नगर प्रमुखले अमानवीय व्यवहार गरेको भन्दै तालाबन्दी गरेको बताए । भोलि देखि मेयर चौधरीलाई उपमहानगर प्रवेशमा समेत रोक लगाउने पौडेलको भनाई छ । मेयर चौधरीले इटहरी ४ आइतबारेका यामप्रसाद ढकाललाई खोला, पैनी मिचेर घर निर्माण गरेको भन्दै नगर प्रहरी पठाएर उपमहानगर ल्याएका थिए । ढकाललाई अमानवीय व्यबहार गर्दै प्रमख प्रशासकीय अधिकृतको कोठामा थुन्न नगर प्रहरीलाई अह्राएका थिए । । लामो समय बस्दा पनि मेयर चौधरी उपमहानगर नआएपछि ढकाललाई इलाका प्रहरी कार्यालय इटहरीको रोहबरमा उद्वार गरिएको थियो ।