चर्चा कमाउनकै लागि मेयर चौधरीको डोजर आतङ्क, जमेको पानी कटाउन दमकलको प्रयोग

दिप खबर
साउन २६, २०७८

इटहरी उपमहानगरपालिका प्रमुख द्धारिकलाल चौधरीले फेरि स्थानीयमा डोजर आतङ्क मच्चाएका छन् । चौधरीले इटहरी १२ खनारमा बन्न लागेको रिसोर्टको वाल डोजर लगाएर भत्काइदिएका हुन् । उपमहानगरका वारुणयन्त्र, डोजर, ट्याक्टर, टिपर, गाडीको लस्कर लिएर पुगेका मेयर चौधरीले स्थानीय सँग कुनै जानकारी नै नलिई पिच हुन लागेको सडक र वाल भत्काएका थिए । पटक पटक डुबान हुने तथा रिसोर्ट बनाउँदा नक्सा पास नलिई संरचना बनाउन लागेको थाहा पाएर भत्काएको मेयर चौधरीको दाबी छ । तर स्थानीयले भने मेयर चौधरीले गरेको कामको चर्को आलोचना गरेका छन् । टेङ्ग्रा खोला नियन्त्रण गर्न नसक्ने मेयर चर्चा कमाउनकै लागि डोजर आतङ्क मच्चाएको स्थानीय बताउँछन् । बस्तीमा के समस्या छ । त्यो नबुझ्ने तर आफ्नो स्वार्थको लागि मेयर चौधरीले वाल भत्काएको उनीहरूको भनाई छ ।

रिसोर्ट सञ्चालनका लागि आफ्नो जग्गामा कम्पाउण्ड लगाउँदा मेयरले कुनै जानकारी बिनै भत्काएको जग्गाधनी किरण बुढाथोकी बताउँछन् । उनले वाल लगाउँदा तल्लो भेगका जनता अझ बाढीबाट सुरक्षित रहने भए पनि आफ्नो स्वार्थका लागि वाल भत्काइदिएको उनको भनाई छ । हामीले स्थानीय र वडा अध्यक्षसँग बसेर छलफल गरेर काम सुरु गरेका थियौँ । तर मेयर चौधरीले सोमबार उपमहानगरमा बोलाएर त्यो वाल भोलि लड्दैछ भन्नु भयो । उहाँले हाम्रो कुरै सुन्नु भएन । बुढाथोकीले भने ‘वडासँगको छलफलमा बनेको काम किन भत्काउनु भयो ? इटहरी चौकको सडक छेउमा भएका घर भत्काउन नसक्ने तर सानो व्यवसायीले केही गर्छु भन्दा भत्काउने हाम्रो स्थानीय सरकारले जनतालाई गर्ने व्यवहार यही हो ?’ मेयर चौधरीले गरेको काम विरुद्ध बुढाथोकी कानुनी उपचार खोज्ने बताए ।

उनले केही समस्या भए केही दिनको समय दिनु पर्नेमा गाडीको ताँती लिएर डर, त्रास देखाउन आएको उनको भनाई छ । यता वडा अध्यक्ष हेमानन्द दाहालले विना जानकारी डोजर ल्याएर तमासा देखाएको बताउँछन् । रिसोर्ट सञ्चालकले केही काम गर्ने क्रममा त्रुटि भए पनि सच्चाउन दिनु पर्ने उनले बताए । मेयरले आफुँ खुसी डोजर चलाउनुमा वडा कार्यालयको कुनै संलग्नता रहेको बताए । 

डोजर काण्डले चर्चा बटुल्छन् मेयर चौधरी 

स्थानीय तहको चुनावमा सार्वजनिक जग्गा खोजी आफ्नो पहिलो काम रहेको बताउने मेयर चौधरीले चुनाव जिते सँगै केही समय डोजरमा चढेर नजाने पनि चालक झैँ बसेर खोला तिर पसे । तर उनले जुन रूपले काम गर्छु भनेका थिए । न त सार्वजनिक जग्गामा बनेका स्थानीयका संरचना हटाउन सके न खोला पैनीमा बनेका घर टहरा हटाउन सके । उनले आफ्नै पार्टीका एक नेताको घरमा ७ दिनको सूचना टाँस गरी घर भत्किदैँछ अन्तै सर्नु समेत लिखित पत्र नै टाँसेका थिए । तर आज सम्म बोलेको बचन पुरा गर्न सकेका छैनन् । उनी आफुँलाई मिडियामा आउनका लागि हल्लाखल्ला गर्ने डोजर आतङ्क मच्चाउने गर्छन् । अचम्म त यो छ कि पानी जाम भएको कलभर्ट हटाउन मेयर चौधरी दमकलको प्रयोग गर्छन् । उनले मङ्गलवार जमेको पानी कटाउन तथा वाल भत्काउन दमकल समेत लिएर गएका थिए । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP