भुमिहिन, सुकम्बासीहरुको समस्या समाधान गर्न केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले गठन गरेको आयोग शेरबहादुर देउवा सरकारले खारेज गरेको विरोधमा इटहरीमा प्रर्दशन गरेको छ ।
नेपाल भुमिहिन सुकुम्बासी संगठन इटहरी उपमहानगर कमिटिद्धारा आयोजित प्रर्दशनमा मेरो जमिन, मेरो बास किन खोसिस् नालायक सरकार ?, भुमिहिनको एकै स्वर सरकारमा चोरै चोर, आफ्नै देशमाा बस्न नपाईने हो र सरकार ? लगायतका प्ले कार्ड बोकेर प्रर्दशन गरेका हुन् । प्रर्दशनकारीले इटहरी चोकको बजार हुँदै उपमहानगर परिसरमा आएर प्रर्दशन गरेका थिए । आयोग विघटनको निर्णय बदर हुनुपर्ने, सुकुम्बासीलाई तत्काल जग्गाको लालपुर्जा दिलाउनुपर्ने उनीहरुले माग राखेका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP