इटहरीमा बम फेला

दिप खबर
साउन २३, २०७८

इटहरी–२ अन्नपूर्ण मार्गमा ग्रिनेड बम फेला परेको छ । शनिबार (आजं) बिहान अन्नपूर्ण मार्गको सडक निर्माणको क्रममा निर्माण सामाग्री राखिएकै ठाउँमा एक बालकले बम फेला परेका हुन् ।

बालबालिकाले शंकास्पद वस्तु फेला पारेपछि स्थानीयवासीले इलाका प्रहरी कार्यालय इटहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले इटहरीस्थित नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर गरेको थियो ।

बम डिस्पोजलको टोली आएर जाँच गरेपछि उक्त शंकास्पद वस्तु ग्रिनेड बम रहेको खुलेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

बम कसले किन राख्यो भन्ने नखुलेको र थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

सेउती खोलाबाट उत्खनन गरिएको गिट्टीमा बम भेटिएकाले खोलाको केही स्थानमा अहिले सिल गरिएको छ। सो क्षेत्रमा थप विस्फोटक पदार्थ हुन सक्ने अनुमानका साथ सर्च गर्न लगाइएको छ । सर्चमा अहिले इलाका प्रहरी कार्यालय धरान, इटहरी र सेनाको एक टोली परिचालन गरिएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP