देशमा बढ्दै गएको भ्रष्टाचार, आर्थिक अनियमितता, हत्या हिंसा तथा अत्याचारलाई निरुत्साहित पार्ने गर्ने उद्देश्यले इटहरीमा युवाहरूले मौन प्रदर्शन गरेका छन् । चौकमा भेला भएका युवाहरूले म बोल्छु अति भो, प्रोब्लेम कुनै सरकार देखि हैन, देशमा चलिरहेको खराब सिस्टम देखि हो, भ्रष्टाचार सरर गाडीमा देशका युवाहरू खाडीमा, गरिखान देऊ, धनीका लागि न्याय गरिबका लागि अन्याय लगायतका दर्जनौँ प्ले कार्ड लिएर मौन प्रदर्शन गरेका हुन् ।
देशमा बढ्दो भ्रष्टाचार तथा अपराधका घटना बाहिरीदाँ पनि सरकारले कुनै कदम नचाल्ने, सरकारले घोषणा गरेका युवा वर्ग लक्षित कयौँ योजनालाई लागु गर्न कार्यान्वयन नगरेकाले सडकमा आउन बाध्य भएको अभियन्ता सरोज श्रेष्ठले बताए । उनले भने ‘यहाँ कुनै पार्टीको संलग्नता छैन । जो देशको चिन्ता गर्नु हुन्छ उहाँहरू आउनुभएको छ । यो कार्यक्रम निरन्तर अघि बढाउँछौ ।’
देशमा जुन पार्टीको सरकार परिवर्तन आए पनि जनताले हिजोको दुख आज पनि उस्तै भोगिरहेकाले युवाहरू उठ्नु पर्ने अभियन्ता श्रेष्ठको तर्क छ । सबै पार्टीले “सुखी नेपाली समृद्ध नेपाल” को नारा लगाए पनि जनताको दैनिकी तथा आर्थिक अवस्था उकास्न नसक्दा युवा वर्ग खाडीका पसिना चुहाउन बाध्य भएको उनको भनाई छ । सरकारले बजेट भाषणमा युवा वर्ग लक्षित कार्यक्रम नै सञ्चालन गरे पनि बिदेसिने युवाको सङ्ख्यामा कम गर्न सकिने उनले बताए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP