प्रदेश १ मा थप ८४७ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

प्रदेश १ मा थप ८४७ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८ सय ४७ जनामा कोरोना संक्रमण भएको छ ।

१ हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा ३६५ र १ हजार ५२६ जनाको एन्टिजेन परीक्षण गर्दा ४८२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा ९१, मोरङमा १२४, झापामा १०३, धनकुटामा १४, पाँचथरमा १०, उदयपुरमा ६, भोजपुरमा २, इलाम र तेह्रथुममा ४–४ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको हो ।

विराटनगरमा ४९, इटहरीमा ४३, धरानमा ४०, इनरुवामा ३, बराहक्षेत्र र स्थानीय तह नखुलेका २–२ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा आज ४६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१९ महिला र २४६ पुरुष संक्रमणमुक्त भएका हुन ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।