ड्रेयर ड्रिम सोसाइटीद्धारा इटहरीको जनता बस्तीमा वृक्षारोपण

दिप खबर
साउन २२, २०७८

हरियाली भित्रको बस्ती बनाउने उदेश्यले इटहरी ५ जनता बस्तीमा ड्रेयर ड्रिम सोसाइटीले वृक्षारोपण गरेको छ । बस्तीलाई हरियाली भित्र सफा सुन्दर बनाउने उद्धेश्यले बेल, कपुर, करबीर फुल लगायतका प्रजातिका वोटविरुवा रोपिएको हो । सोसाईटीले शहर भित्रका बस्ती तथा सार्वजनिक स्थलमा बोटविरुवा रोप्ने योजना रहेको सोसाइटीका संगिना राईले बनाईन् । उनले भनिन्, अहिले शहरमा वोटविरुवा रोप्ने प्रचलन हराईसकेको छ । यसले गर्दा शहरको सुन्दरता पनि हराउँदै गएको छ । शहरलाई सफा र सुन्दर बनाउने उद्धेश्यले वृक्षारोपण गरेका हौं । सोसाईटीले आगामी दिनमा पनि यस्तो कार्यक्रम गर्दै जाने बताएको छ । उक्त कार्यक्रम लायन्स क्लब अफ इटहरी इनोभेषनको सहकार्यमा भएको थियो । क्लबका अध्यक्ष दिपक पोखरेलले बढ्दो शहरीकरणलाई हरियाली बनाउन सदैव लागि रहने बताए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP