सुनसरीको रामधुनी नगरपालिका ५ नम्बरले आफ्नै लागतमा एम्बुलेन्स खरिद गरेको छ । वडा कार्यालय, टोल विकास, तथा केही वडावासीको १३ लाख ४३ हजार लागमा टाटा कम्पनीको एम्बुलेन्स खरिद गरेको हो ।
कोभिड सङ्क्रमण बढेसँगै वडावासीलाई अस्पताल लान ल्याउन सहज होस् भन्ने उद्देश्यले खरिद गरिएको वडा अध्यक्ष डेगराज फुयाँलले जानकारी दिए । ‘नगरपालिका भित्र धेरै सङ्घसंस्थाका एम्बुलेन्स भए पनि हाल सम्म सरकारी थिएनन् । वडामा सामान्य बिरामी पर्दा पनि महँगो रकम तिर्नु पर्ने बाध्यताले वडाले आफ्नै लागतमा एम्बुलेन्स खरिद गरेका हौँ ।’ वडा अध्यक्ष फुयाँलले भने ।
एम्बुलेन्समा सुत्केरी महिलालाई निःशूल्क सेवा दिने र अन्य वडावासीको हकमा भने ५० प्रतिशत रकम तिर्ने नियम बनाइएको छ ।
एम्बुलेन्स संचालनका लागि स्थानिय गुणराज काफ्ले संयोजक रहेको एम्बुलेन्स संचालन तथा व्यवश्थापन समिति गठन गरि बिरामीहरुको सेवामा परिचालन गरिने भएको छ । रामधुनी ५ न वडा कार्यालय सुनसरीमा आफनै एम्बुलेन्स सेवा सचालन गर्ने पहिलो वडा भएको छ ।
एम्बुलेन्स सेवा पाउने भएपछि स्थानीय खुसी भएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP